उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न राष्ट्रपतिको प्रधानमन्त्रीलाई निर्देशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण प्रभावित बनेका नागरिकको खोज, उद्धार र राहत कार्यमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी बाढीबाट भएको क्षति र उद्धारका प्रयासबारे जानकारी लिँदै पीडामा परेका जनताको उद्धार तथा राहतलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कुराकानीका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई विस्तृत गराएका थिए । सो क्रममा प्रधानमन्त्री शाहले विपद्मा परेका नागरिकलाई सहयोग पुर्याउन, उद्धार गर्न र राहत वितरणका लागि सरकारका तर्फबाट हरसम्भव प्रयास गरिने र राज्यका सबै संयन्त्रहरू प्रभावकारी रूपमा परिचालन भइसकेको आश्वस्त पारेका थिए ।

यसअघि राष्ट्रपति पौडेलले भोटेकोसी नदीमा अकस्मात आएको बाढीले पुर्याएको ठूलो क्षतिप्रति गहरा दुःख व्यक्त गरेका थिए । विपद्को यस कठिन समयमा उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न उनले सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकाय र आम नागरिकहरूसँग आह्वान गरे ।

राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी सो विपदबारे जानकारी लिएका थिए । उनले पीडामा परेका जनताको उद्धार, राहत र खोज कार्यलाई तीव्रता दिन आग्रह गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवामा गएको बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै सरकारले विपद्मा परेकालाई सहयोग, उद्धार राहतका लागि राज्यका सबै सयन्त्र परिचालन गरी हरसम्भव सबै सहयोग जुटाउन कुनै कमी नगर्ने बताएका थिए ।

यसअघि राष्ट्रपति पौडेलले भोटेकोसी नदीमा अकस्मात गएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका थिए । उनले विपद्को यस घडीमा उद्धार र राहतलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गरेका थिए । 

Share News