काठमाडाै । बुधबार बिहान आकास्मिक त्रिशुली त्रिशुली नदीमा आएको बाढीले नुवाकोटको सदरमुकाम विदुरस्थित त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय बगाएको छ ।
यद्यपि त्यहाँका विद्यार्थी र शिक्षकहरु सुरक्षित रहेको छ । बिहानको प्रार्थना चलिरहेको समयमा बाढीको सूचना पाएपछि शिक्षकहरुले विद्यार्थीलाई त्यहाँबाट निकालेका थिए ।
आज बिहान आएको भीषण बाढीले रसुवासँगै नुवाकोटको तटीय क्षेत्रलाई तहस नहस पारेको छ । बाढीले अरु क्षेत्रहरुमा पनि क्षति पु¥याएको सूचनाहरु प्राप्त भइरहेका छन् ।