काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा नयाँ सञ्चालकहरू नियुक्त भएका छन् ।
वित्तीय संस्थाको भदौ ४ गते बसेको सञ्चालक समितिको ९४ औँ बैठकले संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक दीपेन्द्र राज काफ्लेको सट्टामा लेखनाथ भुसाललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
नवनियुक्त सञ्चालक भुसालले भदौ ४ गते नै सञ्चालक पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।
यस्तै, संस्थाको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा काठमाडौं मीनभवन निवासी सृजना शर्मालाई नियुक्त गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ । संस्थाले सोबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रमार्फत जानकारी गराएको छ ।