सन नेपाल लाइफद्वारा बागमतीका उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता व्यवस्थापक तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्तालाई सम्मान गरेको छ ।

कम्पनीले भदौ ३ गते भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा कार्यक्रम आयोजना गरी उत्कृष्ट अभिकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा बागमती प्रदेशका विभिन्न शाखाका अभिकर्ता व्यवस्थापक, उत्कृष्ट अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धकहरू सनत सत्याल, मुरारीप्रसाद तिवारी र आलोक खड्काको समेत उपस्थिति थियो ।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता व्यवस्थापक तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । साथै, मिलियन डलर राउन्ड टेबल अर्थात् एमडीआरटीको उपलब्धि हासिल गर्न सफल अभिकर्तालाई पनि विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बजार अधिकृत चौलागाईंले बागमती प्रदेशका अभिकर्ताले कम्पनीको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले अभिकर्तामुखी विभिन्न कार्यक्रम, योजना तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा अभिकर्ताको सेवा–सुविधा तथा व्यवसायिक विकासमा थप ध्यान दिने बताए ।

प्रमुख कार्यकारी अधिकृत अर्यालले सन नेपाल लाइफले छुट्टै पहिचान र व्यवसायिक छवि निर्माण गर्न सफल हुनुमा अभिकर्ता तथा एजेन्सी सञ्जालको मेहनत, लगनशीलता र योगदान महत्वपूर्ण रहेको बताए ।

उनले आगामी दिनमा अभिकर्तालाई थप सशक्त, सक्षम र व्यावसायिक बनाउँदै कम्पनीको व्यवसायिक यात्रालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीका अनुसार कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका अभिकर्ता व्यवस्थापक, उत्कृष्ट अभिकर्ता, एमडीआरटी उपलब्धि हासिल गरेका अभिकर्ता, शाखा प्रमुख, क्षेत्रीय प्रबन्धक तथा कर्मचारीहरूको सहभागिता थियो ।

कार्यक्रमले अभिकर्ताबीच आपसी सम्बन्ध विस्तार, नेतृत्व विकास, उत्प्रेरणा तथा व्यवसायिक क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको सहभागीहरूले बताएका छन् ।

सन नेपाल लाइफले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा विस्तार गर्दै आएको जनाएको छ ।

Share News