बैंकहरूको नाफा ७० अर्ब, ४ को घट्दा एक घाटामा, नबिल नम्बर वान

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैंकले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.२७ प्रतिशत अर्थात् १७ अर्ब ४ करोड ८५ लाख रुपैयाँले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूले ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

गत वर्ष सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने बैंक नबिल बैंक बनेको छ । बैंकले ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३.५० प्रतिशतले बढी हो । अघिल्लो वर्ष नबिलले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

नाफा वृद्धिदरका आधारमा भने हिमालयन बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकको खुद नाफा १ हजार ४१ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १२ करोड ९७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

कुमारी बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै ३०५.९५ प्रतिशतको वृद्धि हासिल गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ थियो ।


सिटिजन्स बैंकको ६३.०५ प्रतिशत बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यससँगै बैंकको खुद नाफा एक वर्षमा ८१ करोड १५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८३ करोड ६० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

नेपाल बैंकको नाफा ४६.२० प्रतिशत बढेर ४ अर्ब ५० करोड १ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७ करोड ८० लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एनएमबी बैंकको ४०.६० प्रतिशत बढेर ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सानिमा बैंकको ३८ प्रतिशत बढेर ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ५७ करोड २४ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्राइम कमर्सियल बैंकको २८.४८ प्रतिशत बढेर ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

ग्लोबल आइएमई बैंकको २२.६७ प्रतिशत बढेर ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नेपाल एसबिआई १२.८८ प्रतिशत बढेर २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

माछापुच्छ्रे बैंकको १२.२४ प्रतिशत बढेर २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एभरेष्ट बैंकको ४.७५ प्रतिशत बढेर ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

सिद्धार्थ बैंकको ४.५४ प्रतिशत बढेर ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अघिल्लो वर्ष ३ अर्ब ८७ करोड २० लाख ४२ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको एनआईसी एशिया बैंक गत वर्ष १८ करोड १७ लाख रुपैयाँ नाफामा फर्किएको छ ।

यद्यपि, सबै बैंकको अवस्था सकारात्मक देखिएको छै न। गत वर्ष चार वटा बैंकको नाफा घटेको छ भने एउटा बैंक घाटामा गएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ५.३८ प्रतिशत घटेर २ अर्ब ८५ करोड २ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब १ करोड २५ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लक्ष्मी सनराइज बैंकको २३.२६ प्रतिशत घटेर ३ अर्ब ११ करोड ७१ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ६ करोड २० लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कृषि विकास बैंकको २९.५१ प्रतिशत घटेर २ अर्ब ६३ करोड ६ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७३ करोड २४ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ३६.५८ प्रतिशत घटेर २ अर्ब ७४ करोड ७२ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ३३ करोड २२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

गत वर्ष प्रभु बैंक भने २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा छ । अघिल्लो वर्ष बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

null

Share News