मोबाइल, मोनिटर र सीपीयुसहित श्रेष्ठलाई अदालतमा पेश गरिँदै

काठमाडौं । प्रहरीले किशोर श्रेष्ठलाई मोबाइलसहित अदालतमा पेश गर्ने भएको छ । 

गोपनीयताको ब्रिफिङ गरेको कम्प्युटर र मोबाइलसहित प्रमाणका लागि उनलाई अदालतमा प्रहरीले उपस्थित गराउने भएको हो। 

अनुसन्धान गर्न जनआस्थाको कार्यालयबाट केही उपकरण ल्याइएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।

प्रहरीले केही सीपीयुहरू, मोनिटर र मोबाइलहरू अनुसन्धान गर्न नियन्त्रणमा लिएको उनले बताए ।

‘मानिसको शरीरमात्र ल्याएर अनुसन्धान पुरा हुँदैन । व्यक्तिका गोपनीयता ब्रिफिङ गरेको उपकरणसमेत अनुसन्धान गर्नु्पर्ने हुन्छ । त्यसैले उपकरणहरू उनको कार्यालयबाट ल्याइएको हो,’ उनले भने ।

बुधबार साँझ ललितपुरस्थित निवास छेउबाट श्रेष्ठ पक्राउ पक्राउ परेका हुन् । 

प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ पुर्जी जारी गरी उनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई परिसरको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ । उनी जनआस्था डटकमका अध्यक्ष पनि हुन् । श्रेष्ठमाथि वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको अभियोग छ । 

प्रहरीका अनुसार दिपिका सिंहले जनआस्थाको सामाजिक सञ्जाल पेजमा आफ्नो तस्बिर प्रयोग गरी भ्रामक विषयवस्तु फैलाएको भन्दै उजुरी दिएपछि यो कारबाही अगाडि बढाएको हो । 

उनलाई परिसरको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ ।

Share News