काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ ।
महिला लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–१३ साँगामा र फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा रहेको छ ।
दुवै संस्थाबीच साउन २५ गते गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको महिला लघुवित्तले जनाएको छ ।
सम्झौतासँगै दुवै संस्थाले मर्जर प्रक्रिया अघि बढाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकबाट जारी ‘इजाजतपत्र प्राप्त संस्थाहरू एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७९’ को दफा ७ बमोजिम साधारण सभा नभएसम्म आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का राख्नसमेत अनुरोध गरिएको छ ।
दुवै संस्थाले मर्जरसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्दै जाने बताएका छन् ।