काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूले ३० अर्ब ४० करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन् ।
सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले एक लाख ५८ हजार ६९३ वटा दाबीबापत ३० अर्ब ४० करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेका हुन् ।
एक वर्षमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा १७ हजार १०७ वटा दाबीबापत ४ अर्ब ९६ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको छ।
दोस्रो धेरै दाबी भुक्तानी गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले एक वर्षमा २७ हजार ३९ वटा दाबीबापत ४ अर्ब ५ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
तेस्रोमा एनएलजी इन्स्योरेन्सले १३ हजार ४१ दाबी संख्याको ३ अर्ब १९ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
तेस्रो धेरै दाबी भुक्तानी गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । एक वर्षमा कम्पनीले १५ हजार ६७ दाबीको ३ अर्ब ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्सले १३ हजार ४१ वटा दाबीबापत् ३ अर्ब १९ करोड ७२ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १५ हजार १७८ दाबीबापत् २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलले १४ हजार ४६३ दाबीबापत् २ अर्ब १९ करोड १३ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
नेको इन्स्योरेन्सले ११ हजार ४८५ दाबीबापत् १ अर्ब ८९ करोड २ लाख रुपैयाँ, युनाइटेड अजोडले ८ हजार ६८० दाबीबापत् १ अर्ब ८२ करोड ७१ लाख रुपैयाँ, सानिमा जिआईसीले ६ हजार ७५४ दाबीबापत् १ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ५ हजार ८१५ दाबीबापत् १ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
त्यसैगरी, नेपाल इन्स्योरेन्सले ९ हजार ९३८ दाबीबापत् १ अर्ब २६ करोड ११ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले १ हजार ८३१ दाबीबापत् ७१ करोड ९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १० हजार ५६६ दाबीबापत् ५० करोड १२ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १ हजार ७२९ दाबीबापत् ३० करोड २३ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
