काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कुल ४६ वटा नयाँ बीमालेख स्वीकृत गरेको छ ।
प्राधिकरणका अनुसार बजारको आवश्यकता र बीमितको मागलाई ध्यानमा राख्दै पुराना पोलिसीहरू संशोधन गर्नुका साथै जीवन तथा निर्जीवन दुवै क्षेत्रमा नयाँ पोलिसीहरू जारी गरिएको हो ।
कुल स्वीकृत ४६ पोलिसीमध्ये २८ वटा निर्जीवन बीमा क्षेत्रसँग सम्बन्धित छन् । त्यस्तै १४ वटा नयाँ जीवन बीमालेख प्राधिकरणले स्वीकृत गरेको छ ।
त्यस्तै, प्राधिकरणले ३ वटा लघु निर्जीवन बीमालेख र एउटा कृषि बीमालेख स्वीकृत गरेको छ ।