काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ । एकैदिन सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँ र चाँदीको मूल्य ९५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको भाउ उकालो लागेको व्यवसायीहरूले बताएका छन् ।