लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त, को हुन् उनी ?

फाइल तस्बिर ।

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पद (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

बुधबार (आज) बसेको मन्त्रिपरिषद्ले उक्याबलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले संयोजक रहेको सिफारिस समितिले लगानी बोर्डको सीईओको लागि याङ्की उक्याब, मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो ।

यसअघि लगानी बोर्डमै परामर्शदाताको रूपमा काम गरेकी विकास अर्थशास्त्री उक्याब सार्वजनिक नीति, दिगो विकास, जलवायु, आर्थिक विकास तथा लगानीका विषयको विशेषज्ञका रूपमा परिचित रहेकी छिन्।

उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी)को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा पनि काम गरिसकेकी छिन् ।

याङ्कीले बेलायतको अक्सपोर्ट विश्वविद्यालयबाट मास्टर्स अफ पब्लिक पोलिसी (एमपीपी) गरेकी छन् । 

उनको विकास अर्थशास्त्र, सार्वजनिक नीति, दिगो विकास, संघीय वित्तीय प्रणाली, जलवायु तथा हरित अर्थतन्त्र, सार्वजनिक लगानी तथा पूर्वाधार विकास र डिजिटल रूपान्तरणमा खास कार्यानुभव रहेको जनाइन्छ ।

Share News