काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढ्दै २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ रहेको थियो । यस आधारमा एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । अघिल्लो दिन ४ हजार ४१० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ४ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
गत सोमबार प्रतितोला ४ हजार ३२० रुपैयाँ रहेको चाँदीको मूल्य पनि एक सातामा १२५ रुपैयाँले बढेको छ ।