नेको इन्सोरेन्सको एकैपटक १२ लाख कित्ता सेयर बिक्रीमा, मूल्य कति ?

काठमाडौं । नेको इन्सोरेन्स लिमिटेडबाट संस्थापक सेयरधनीहरू बाहिरिने भएका छन् । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १२ लाख कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् । 

उक्त सेयर बिक्री गर्ने इच्छा जाहेर गरेपछि सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाएको छ ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र अर्थात् भदौ ८ गतेसम्म खरिद गर्न चाहेको कित्ता र प्रतिकित्ता मूल्य तोकि आवेदन दिनुपर्नेछ । निर्धारित अवधिभित्र पर्याप्त निवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । 

Share News