बीमा सर्भेयर संघले 'सीएआर' बीमा दाबी सम्बन्धी तालिम आयाेजना गर्दै

काठमाडौ । नेपाल बीमा सर्भेयर संघ (निसा) ले ’ह्यान्डलिङ सिएआर इन्स्योरेन्स क्लेम : फ्रम साइट इन्स्पेक्टेसन टु रिर्पोट राइटिङ’ विषयमा एक दिने तालिमको आयोजना गर्ने भएको छ ।

तालिम यही साउन १७ गते आयोजना हुने निसाले जनाएको छ । निर्माण (कन्सक्ट्रक्सन अल रिस्क–सिएआर) बीमा दाबीको स्थलगत निरीक्षणदेखि प्रतिवेदन लेखनसम्मका सम्पूर्ण प्रक्रियामा व्यावहारिक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागेको निसाले जनाएको छ । निसाका अनुसार तालिम विहान ११ बजेदेखि ६ बजेसम्म होटल साङ्ग्रिला ब्लु, मैत्री मार्ग, ललितपुर मा सञ्चालन हुनेछ ।

तालिमका प्रशिक्षक इ. जगन्नाथ गौतम रहनेछन् । उनी सिभिल इन्जिनियर, निर्माण व्यवस्थापनमा स्नातकोत्तर, बीमा सर्भेयर तथा टेक्निकल अडिटर हुन् । तालिममा ऋब्च् बीमा दाबीको स्थलगत निरीक्षण, क्षतिको मूल्याङ्कन, आवश्यक कागजात व्यवस्थापन तथा व्यावसायिक प्रतिवेदन लेखन सम्बन्धी व्यावहारिक पक्षमा प्रशिक्षण प्रदान गरिने छ । 

यो तालिम बीमा सर्भेयर, इन्जिनियर तथा चार्टर्ड एकाउन्टेन्टहरूका लागि लक्षित गरिएको छ ख। प्रभावकारी सिकाइ सुनिश्चित गर्न २५ जना सहभागी मात्र सहभागी गराइने भएकाले इच्छुकलाई समयमै दर्ता गर्न संस्थाले आग्रह गरेको छ ।

संस्थाले सहभागिता शुल्क दस्यका लागि ५ हजार, गैरसदस्यका लागि ८ हजार तथा  कर्पोरेट सहभागीका लागि १० हजार निर्धारण गरिएको छ । 


 

Share News