नेपाल लाइफले पौने ३४ करोडमा किन्यो होटल मकालुको जग्गा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले पौने ३४ करोड रुपैयाँमा जग्गा खरिद गरेको छ ।

कम्पनीको निर्णय अनुसार पर्साको वीरगञ्ज महानगरपालिका-४ मा अवस्थित होटल मकालु प्रालिको नाममा रहेको कित्ता नं. २४, ६५, ६९, ७५, ७७, १४२ र १८५ को कुल ८७.५३ धुर (१ हजार ४८२ वर्गमिटर) क्षेत्रफलको जग्गा खरिद गरिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले जानकारी दिए ।

सीईओ पराजुलीका अनुसार उक्त जग्गा ३२ करोड रुपैयाँमा खरिद गरिएको हो भने रजिष्ट्रेशन तथा नामसारी सेवा शुल्कबापत १ करोड ७७ लाख ५० हजार रुपैयाँ व्यय भएको छ । यससँगै कम्पनीले कुल ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ लगानी गरेको उनले बताए । 

कम्पनीका अनुसार उक्त जग्गा व्यावसायिक तथा कार्यालय प्रयोजनका लागि खरिद गरिएको हो । खरिद प्रक्रिया असार ३२ गते सम्पन्न भएको कम्पनीले जनाएको छ । 

Share News