घाटामा छन् यी ८ विकास बैंक र फाइनान्स कम्पनी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म विकास बैंक र फाइनान्स कम्पनीहरूले कुल ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका ३४ वटा विकास बैंक तथा फाइनान्स कम्पनीमध्ये २६ संस्थाले नाफा कमाएका छन् भने ८ संस्था घाटामा रहेका छन् ।

राष्ट्र बैंकका अनुसार विकास बैंकहरूले ७ अर्ब ३२ करोड ५५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूले ९६ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । नाफा आर्जन गर्ने विकास बैंकमध्ये गरिमा विकास बैंक सबैभन्दा अगाडि रहेको छ । बैंकले जेठ मसान्तसम्म १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

त्यस्तै, मुक्तिनाथ विकास बैंकले १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब १ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका छन् । त्यस्तै ज्योति विकास बैंकले ८१ करोड ६१ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ७५ करोड ५९ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले ६० करोड ६८ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले ५४ करोड ६५ लाख रुपैयाँ र लुम्बिनी डेभलपमेन्ट बैंकले ५२ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यस्तै, एक्सेल डेभलपमेन्ट बैंकले १६ करोड १८ लाख रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकले १२ करोड ११ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकले ६ करोड २३ लाख रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकले  ५ करोड ३६ लाख रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकले ३ करोड ७५ लाख रुपैयाँ नाफा गरेका छन् । 

फाइनान्स कम्पनीतर्फ मञ्जुश्री फाइनान्सले २८ करोड ४४ लाख रुपैयाँ खुद नाफासहित अग्रस्थान कायम गरेको छ । त्यसपछि पोखरा फाइनान्सले १५ करोड ५९ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सले १४ करोड १९ लाख रुपैयाँ, गुडविल फाइनान्सले ८ करोड ९५ लाख रुपैयाँ र गोर्खाज फाइनान्सले ६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 

यस्तै, बेस्ट फाइनान्सले ५ करोड ७९ लाख रुपैयाँ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ४ करोड ६९ लाख रुपैयाँ, गह्वेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ४ करोड ६६ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सले ४ करोड २३ लाख रुपैयाँ, रिलायन्स फाइनान्सले १ करोड ४३ लाख रुपैयाँ, समृद्धि फाइनान्सले १ करोड १४ लाख रुपैयाँ, मल्टिपर्पस फाइनान्सले १ करोड ९ लाख रुपैयाँ र नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सले ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 

तर, चालु आवको जेठ मसान्तसम्म ८ वटा विकास बैंक तथा वित्तीय संस्था घाटामा रहेका छन् । कर्णाली डेभलपमेन्ट बैंक २४ करोड ५९ लाख रुपैयाँ खुद नोक्सानीसहित सबैभन्दा बढी घाटामा रहेको छ । त्यस्तै, नेपाल फाइनान्स ७ करोड ९२ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंक ६ करोड ७ लाख रुपैयाँ, सिन्धु विकास बैंक ४ करोड ४१ लाख रुपैयाँ, जानकी फाइनान्स ३ करोड ३० लाख रुपैयाँ, प्रोग्रेशिभ फाइनान्स २ करोड ७० लाख रुपैयाँ, सालापा विकास बैंक ४७ लाख रुपैयाँ तथा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स १५ लाख रुपैयाँ खुद नोक्सानीमा रहेका छन् ।

null

Share News