धौलागिरि लघुवित्तको सञ्चालक समिति विस्तार, दुई जना थपिए

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक समितिमा संस्थापक र स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ ।

कम्पनी सञ्चालक समितिको असार २७ गते बसेको ५३औँ बैठकले रिक्त रहेको सञ्चालक पदमा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुने गरी दुई जनालाई नियुक्त गर्ने निर्णय गरेको जनाएको छ ।

निर्णयअनुसार संस्थापक सेयरधनी समूहबाट रणदेव कृष्ण श्रेष्ठलाई सञ्चालक नियुक्त गरिएको छ । उनी ललितपुर महानगरपालिका–९, च्यासलका बासिन्दा हुन् ।

त्यसैगरी, स्वतन्त्र सञ्चालकमा अधिवक्ता गोविन्दप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनी बागलुङ नगरपालिका–३, बागलुङका निवासी हुन् ।

लघुवित्तले यी नियुक्तिहरू आगामी वार्षिक साधारणसभाबाट अनुमोदनका लागि पेश गरिने जनाएको छ ।

Share News