जनउत्थान सामुदायिक लघुवित्तका सीईओ सुनिलकुमार रायले दिए राजीनामा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिलकुमार रायले पदबाट राजीनामा दिएका छन् ।

संस्थाका अनुसार रायले दिएको राजीनामा सञ्चालक समितिको २७४औँ बैठकबाट स्वीकृत भएको हो ।  उक्त निर्णयअनुसार उनको राजीनामा २०८३ साउन १ गतेदेखि लागू हुने भएको छ ।

सीईओ रायले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको जनाएको छ ।

सीईओको जिम्मेवारी रिक्त भएपछि संस्थाको विभागीय प्रमुख इन्द्र बराललाई प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेवारी तोकिएको संस्थाले जनाएको छ । 

Share News