काठमाडौं । कोशी गाउँपालिका-७ भान्टाबारीस्थित केराबारी नजिकबाट ३०८ केजी गाँजा गएराति बरामद भएको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरीको टोलीले ३०८ केजी गाँजा बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए ।
बरामद भएको गाँजा र संलग्न व्यक्तिको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।