काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवालाई ७ दिने पुर्जी काटेको छ
विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा जयविर सिंह देउवासँग केही कुरा बुझ्नुपर्ने भएकाले सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको हो । विभागका अनुसार जयविर सिंह देउवा डडेलधुरा जिल्ला साविक आसिग्राम गाविस-५ स्थायी वतन भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-२ बसोबास गर्दै आएका छन् ।
विभागले ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी–ब्लकमा रहेको आफ्नो कार्यालयमा बाटोको म्यादबाहेक ७ दिनभित्र हाजिर हुन आउन भनेका हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम सूचना जारी गरिएको र तोकिएको म्यादभित्र हाजिर हुन नआए प्रचलित कानून बमोजिम प्रक्रिया अघि बढाइने पनि विभागले चेतावनी दिएको छ ।