अर्थमन्त्री डा. वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता भएको छ । 

सोमबार (आज) सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एडीबीका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्दालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे ।

अर्थमन्त्री डा. वाग्लेसँगको भेटमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य  आफूहरूको उच्च प्राथमिकतामा रहेको जानकारी दिए ।

Share News