पूर्वसांसद लक्ष्मी महतो कारागार चलान

जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी लाई कारागार चलान गरिएको छ ।

उनलाई बिहीबार महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेको थियो ।

अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको प्रहरीले जनाएको छ । २०७२ भदौ २५ गते राति डिउटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकको हत्या घटनामा पूर्वसांसद कोइरीलाई ५ वर्ष जेल सजाय तोकिएको छ ।  

Share News