भन्सार विभागका महानिर्देशक मन्त्रालय तानिए, पाण्डेलाई निमित्तको जिम्मेवारी

काठमाडौं । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा फिर्ता बोलाइएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै भण्डारीलाई विभागबाट मन्त्रालयमा फिर्ता बोलाउने निर्णय गरेका हुन् । 

महानिर्देशक भण्डारी बाहिरिएसँगै अहिले भन्सार विभागको रिक्त नेतृत्वमा उपमहानिर्देशक भरतमणि पाण्डेलाई निमित्त महानिर्देशकको जिम्मेवारी तोकिएको छ ।

Share News