कुरासाओलाई हराउँदै आइभरी कोस्ट नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा कुरासाओमाथि आइभरी कोस्टले जित निकालेको छ । 

खेलमा २० को सहज जित निकाल्दै आइभरी कोस्टले प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

आइभरी कोस्टलाई जित दिलाउन दुबै गोल निकोलस पेपेले गरे । उनले खेलभर उत्कृष्ट प्रदर्शन गरेका थिए । 

उनले खेलको सुरुवाती ७ औं मिनेटमा गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आइभरी कोस्टको जित निश्चित गरे ।

यस जितसँगै आइभरी कोस्टले ३ खेलबाट समान दुई जित र एक हारसहित कुल ६ अंक जोडेको छ । 

आइभरी कोस्ट समूह उपविजेताका रूपमा अर्को चरणमा प्रवेश गरेको हो । समान ६ अंक नै भए पनि ऊ गोलअन्तरका आधारमा पछि परेको हो ।

null

Share News