पहिलो हाफमै हाइटीविरुद्ध ब्राजिलको तीन गोल

काठमाडौं । फिलाडेल्फिया स्टेडियममा जारी फिफा विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गतको खेलमा ब्राजिलले हाइटीविरुद्ध शानदार प्रदर्शन गर्दै पहिलो हाफमै ३-० को बलियो अग्रता बनाएको छ ।

पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरीमा रोकिएको ब्राजिल यस खेलमा भने सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भयो ।

खेलको २३औँ मिनेटमा म्याथ्युज कुन्हाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । उत्कृष्ट लयमा देखिएका कुन्हाले पुनः खेलको ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्जुरी समयमा स्टार फरवार्ड भिनिसियस जुनियरले गोल थपेपछि ब्राजिलले पहिलो हाफमै ३ गोलको  अग्रता लिन सफल भएको हो ।
 

Share News