स्कटल्यान्डविरुद्ध मोरक्कोको कठिन जित

काठमाडौं । विश्वकपको समूह ‘सी’ अन्तर्गत भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई १-० ले हराएको छ । 

स्कटल्यान्डले खेल सुरु भएको केवल ७१ सेकेन्डमै पहिलो गोल खान खाएको थियो । इस्माइल साइबारीले गोल गरेपछि मोरक्कोले अग्रता लिएको थियो ।

मोरक्कोले खेलभर उत्कृष्ट प्रदर्शन गरेपनि स्कटल्यान्डलाई भने पूर्ण रूपमा दबाबमा राख्न सकेन ।

पहिलो खेलमा ब्राजिललाई रोकेको मोरक्कोले दोस्रो खेलमा जित निकाल्दै ४ अंक बनाएको छ । 

बोस्टन स्टेडियममा भएको खेलमा जितसँगै मोरक्कोले नकआउट सम्भावना बलियो बनाएको छ ।

स्क्टल्यान्डको भने ३ अंक रहेको छ ।

Share News