अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा अमेरिकाले अस्ट्रेलियालाई २-० ले हराएको छ ।लगातार दोस्रो जित दर्ता गर्दै अमेरिकाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । 

पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो ।

सिएटल स्टेडियममा भएको खेलमा अमेरिकाले सुरुवाती अग्रता विपक्षी टोलीको आत्मघाती गोलबाट लिएको थियो ।

खेलको ११औं मिनेटमा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आत्मघाती गोल गर्न पुगेका हुन् ।

त्यसपछि खेलको ४३औं मिनेटमा एलेक्स फ्रीम्यानले उत्कृष्ट गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए । 

पहिलो हाफमा २–० ले पछि परेको अष्ट्रेलियाले दोस्रो हाफमा राम्रो खेले पनि गोल गर्न भने सकेन ।

२ खेल खेलेको अष्ट्रेलियाको ३ अंक रहेको छ भने समूहका अन्य दुई टोली पाराग्वे र टर्किए अंकविहीन अवस्थामा छन् ।

Share News