काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार आयोजित नवौं नगर सभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
महानगरको अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकसँग महानगरपालिका भन्ने कार्यक्रमबाट हालसम्म १६ हजार २२० ज्येष्ठ नागरिक र ६७१ जना अपाङ्गता भएका व्यक्ति गरी कूल १६ हजार ८९१ लाभान्वित भएका छन् ।
त्यस्तै, हालसम्म महानगरले सञ्चालन गरेको एकद्वार सेवा केन्द्रबाट ३३ हजार जनाले सेवा लिएका छन् ।
महानगरले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, सम्पदा लगायतलाई प्राथमिकतामा राखेको छ ।