७२ हजार घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

सडक ढलान योजनाको कार्य सम्पन्न पश्चात् भुक्तानी गर्ने प्रयोजनका क्रममा विभिन्न बहाना बनाई दुःख दिई सेवाग्राहीसँग ७२ हजार रूपैयाँ घुस लिएको अभियोग लागेको छ ।

आयोगको बर्दिबासबाट खटिएको टोलीले प्रमुख प्रशासकीय अधिकृत यादवलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले आरोपी प्रमुख प्रशासकीय अधिकृत यादवविरुद्ध बिगोबमोजिम कैद सजायको समेत माग गरी मुद्दा दायर गरेको छ ।
 

Share News