काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार नतिजा प्रकाशन गरेको हो ।
बोर्डका अनुसार सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या दुई लाख ६८ हजार १९० रहेको छ । कुल उत्तीर्ण प्रतिशत ६४.१३ रहेको जानकारी दिइएको छ ।
यस वर्षको परीक्षामा कुल चार लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।