नेपाल पुनर्बीमाको निमित्त सीईओमा दामोदर भण्डारी नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दामोदर भण्डारी लाई दिएको छ ।

कम्पनीको असार ३ गते बसेको सञ्चालक समिति बैठकले भण्डारीलाई बुधबारदेखि लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

यसअघि भण्डारी कम्पनीमा सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । उनको नियुक्तिसँगै कम्पनीको कार्यकारी नेतृत्व अब अस्थायी रूपमा भण्डारीले सम्हाल्ने भएका छन् ।  

Share News