काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) सम्ममा जीवन बीमा कोषमा १९ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवको यही अवधिसम्म जीवन बीमा कोषमा १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४०.८३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीले २ अर्ब २३ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ५९ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४०.४४ प्रतिशतले बढेको छ ।
त्यस्तै, असोजसम्ममा कम्पनीले २ अर्ब १८ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४२.४५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा ३२ करोड ८८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८१ करोड ६४ लाख रुपैयाँ र अन्य इक्विटीमा २८ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ३२ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७१ करोड ३३ लाख रुपैयाँ र अन्य इक्विटीमा २२ करोड ४६ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीले १४ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १५ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १०.७८ प्रतिशतले घटेको छ ।