मेसीको ह्याट्रिकसँगै अर्जेन्टिनाको शानदार जित

काठमाडौं ।  विश्वकपअन्तर्गतको समूह ‘जे’ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा अर्जेन्टिनाले शानदार जित हासिल गरेको छ  । 

अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले हराएको हो । कप्तान लियोनल मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई शानदार जित दिलाएका हुन् ।

मेसीले १७ औं मिनेट, ६० औं मिनेट र ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् ।

मेसीले ह्याट्रिक गरेसँगै जर्मनीका मिरोस्लाब क्लोचको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबर गरेका छन् । मेसीले विश्वकपमा १६ गोल पुर्याइसकेका छन् ।

मेसी विश्वकपमा गोल गर्ने अर्जेन्टिनाकै सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् । आजको खेलसँगै ६ वटा फरक-फरक विश्वकप खेल्ने इतिहासकै पहिलो खेलाडी बन्ने रेकर्ड पनि उनैले राखे ।

अर्जेन्टिना २०२२ को विश्वकप विजेतासमेत हो ।

nullnullnull

Share News