१२ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं । गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित १८ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले जेठ १३ र २२ गतेको निर्णयअनुसार १८ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको जनाएको हो ।

सरुवा तथा पदस्थापन गरिएकामध्ये १२ जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । बाँकी सहसचिवहरूलाई गृह मन्त्रालय तथा मातहतका विभिन्न निकायमा पदस्थापन गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

गृह प्रशासनलाई थप प्रभावकारी, चुस्त र परिणाममुखी बनाउने उद्देश्यले सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

सरुवा तथा पदस्थापन भएका सहसचिवहरूको विस्तृत विवरण गृह मन्त्रालयले सार्वजनिक गरेको छ । 

null

Share News