काठमाडौं । टिकटकर भनेर चिनिने तुलसा अधिकारीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।
उनलाई नख्खु कारागार लगिने प्रहरीले जनाएको छ ।
तुलसाको बयानपछि न्यायाधीश गौतमको इजलासमा हिजोबाट थुनछेक बहस सुरु भएकोमा आज सुनुवाइ सकिएको थियो ।
तुलसाविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो ।
एक व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनीविरुद्ध गत चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।
तुलसाको २१ करोडको सम्पत्ति खुलेको छैन । २०८२ भदौदेखि फरार भएकी तुलसा चीन हुँदै थाइल्यान्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी हुन् ।
उनलाई शनिबार बेलुका काठमाडौं ल्याइएको थियो । तुलसाले आफूमाथि लगाइएका आरोप अस्वीकार गरिरहेकी छन् ।