डोटीका एक किशोर बेपत्ता

काठमाडौं । डोटीका एक किशोर बेपत्ता भएका छन् । जिल्लाको शिखर नगरपालिका–१ घर भएका १६ वर्षीय रविन्द्र शाही बेपत्ता भएका हुन्।

परिवारका अनुसार रविन्द्र माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिएपछि रोजगारीका लागि काठमाडौं आएका थिए । उनले अनामनगरस्थित सिलौटो रेस्टुरेन्टमा काम गर्दै आएका थिए । 

शाही जेठ ५ गतेदेखि उनी परिवार तथा आफन्तको सम्पर्कमा नरहेको बताइएको छ।

प्रहरीलाई दिएको जानकारीअनुसार उनको मोबाइल फोनको अन्तिम लोकेसन सिंहदरबार क्षेत्र देखिएको थियो । त्यसयता उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

उचाइ करिब ५ फिट र गहुँगोरो वर्णका रविन्द्रलाई कसैले देखे नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न तथा बुझाउन परिवारले आग्रह गरेको छ ।

परिवारले उनको खोजी कार्यका लागि प्रहरीसमक्ष निवेदन दिइसकेको छ। 

रविन्द्रको खोजी कार्य जारी रहे पनि हालसम्म उनको अवस्था र ठेगाना खुल्न नसकेको परिवारले जनाएको छ ।

Share News