काठमाडौं । भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि वाईफाई–६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज आकर्षक अफरसहित सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार उक्त प्याकेज वार्षिक १३ हजार ८०० रुपैयाँ (करसहित) मा उपलब्ध छ । यस अफरअन्तर्गत सामान्यतया २ हजार ८२५ रुपैयाँ लाग्ने वाईफाई–६ ओएनयू जडान शुल्क नलाग्नेछ भने ग्राहकले केवल १ हजार रुपैयाँ डिपोजिट तिरे पुग्नेछ । छिटो, भरपर्दो र आधुनिक इन्टरनेट सेवा चाहने ग्राहकलाई लक्षित गरी यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यससँगै ग्राहकहरूले भायाटिभी सेवा पनि मासिक २५० रुपैयाँ (करसहित) मा थप गर्न सक्नेछन् । भायाटिभीमा २०० भन्दा बढी च्यानल, लाइभ टिभी रोक्ने र पुनः चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र तथा सिरिजलगायतका मनोरञ्जन सामग्री उपलब्ध छन् । वार्षिक प्याकेज लिने ग्राहकलाई पहिलो सेट–टप–बक्सको २ हजार २६० रुपैयाँ बराबरको सक्रिय शुल्क पनि छुट दिइनेछ भने सेट–टप–बक्सका लागि १ हजार रुपैयाँ मात्र डिपोजिट लाग्नेछ ।
ग्राहकलाई थप सुविधा दिन भायानेटले डामी एपसँग सहकार्य गरेको छ । यसअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकले १ हजार ५०० रुपैयाँ बराबरको एक वर्षे डामी एप सदस्यता निःशुल्क प्राप्त गर्नेछन् । डामी एपमार्फत रेस्टुरेन्ट, कपडा पसल, सैलुन तथा खुद्रा पसलहरूमा विशेष छुट पाउन सकिनेछ । यो सुविधा हाल काठमाडौं, पोखरा र चितवनमा लागू हुनेछ ।
कम्पनीले उच्च गतिको इन्टरनेट, भायाटिभीको मनोरञ्जन र डामी एपको बचत सुविधालाई एकै ठाउँमा समेट्दै 'अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै' भन्ने सन्देश दिएको छ ।
यसैबीच, भायाटिभी प्रयोगकर्ताले फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्नेछन् । नेपालमा उक्त प्रतियोगिताको प्रसारण अधिकार हिमालय टिभीसँग रहेको छ । कम्पनीका अनुसार ग्राहकले प्रतिटिभी ९९९ रुपैयाँ तिरेर कुपन खरिद गरी भायाटिभीमार्फत हिमालय स्पोर्ट्स च्यानलमा खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन् ।
कुपन ईसेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएसलगायत अनलाइन भुक्तानी माध्यममार्फत ‘भायानेट’ खोजी ग्राहक आईडी राखेर खरिद गर्न सकिनेछ । साथै, भायाटिभीमा देखिने क्युआर कोड स्क्यान गरेर पनि कुपन लिन सकिने व्यवस्था गरिएको छ ।
भुक्तानीपछि ग्राहकले भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोली खरिद गरिएको कुपन सक्रिय गर्नुपर्नेछ । कम्पनीले एक कुपन एक टिभीमा मात्र प्रयोग गर्न मिल्ने र एकपटक सक्रिय गरिसकेपछि अर्को टिभीमा सार्न नमिल्ने जनाएको छ ।
थप जानकारीका लागि ग्राहकले भायानेटको ग्राहक सेवा नम्बर ०१–५९७०६४४ मा सम्पर्क गर्न वा नजिकको कार्यालयमा जान सक्नेछन् ।