काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ।
अर्थ मन्त्रालयअन्तर्गतको कार्यालयका अनुसार ‘११ वर्षे विकास ऋणपत्र-२०९४’ बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो । ऋणपत्रको बोलकबोल जेठ २० गते हुने र चैत २१ गते निष्कासन गरिने जनाइएको छ ।
इच्छुक खरिदकर्ताले बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै नेपाली नागरिकहरूले समेत सहभागिता जनाउन सक्ने कार्यालयले जनाएको छ ।