वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ। जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पर्साको ठोरी क्षेत्रबाट आइतबार बिहान सवा ६ बजे सिंहलाई पक्राउ गरिएको हो । जिल्ला अदालत पर्साले जेठ १२ गते नै उनीसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले उक्त आदेश जारी गरेको बताइएको छ । पक्राउ परेका मेयर सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

Share News