काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले यहीसाभित्र संघीय संसदलाई सम्बोधन गर्ने बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित भएर सम्बोधन गर्ने बताएका हुन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी दलहरुले निरन्तर विरोध गरेपछि बुर्लाकोटीले प्रधानमन्त्ती संसदमा उपस्थित भएर सम्बोधन गर्ने बताएका हुन् ।
‘सम्माननीय प्रधानमन्त्री ज्यू संसदमा आउनुहुन्छ । सम्भव त एक हप्ताभित्रै संसदमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहान्छु,’ बुर्लाकोटीले भने ।