काठमाडौं । कोसी प्राइड लिग (केपीएल) को तेस्रो संस्करण एक्सन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा सोमबार केपीएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका कन्टेन्ट हेड सञ्जयराज भण्डारीले हस्ताक्षर गरेका छन् ।
आयोजक कोसी प्राइड प्रालिका अनुसार जेठ ९ गतेदेखि सुरु हुने टी–२० प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टीभीएसको एन्टोर स्कुटर प्रदान गरिनेछ । यसअघि प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सञ्चालन गर्ने योजना रहे पनि विभिन्न कारणले दुईपटक सारिएको थियो । अब प्रतियोगिता जेठ ९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीहरूले अक्सनमार्फत समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् भने प्रत्येक टोलीले ड्राफ्टमार्फत तीनदेखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् ।
लिगमा एभरेस्ट थन्डर्स, नुमना ब्लास्टर, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, बीएन कोसी अनर्स र गोर्खा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।