काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकहरूलाई लक्षित गर्दै ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ ।
कम्पनीका अनुसार उक्त कार्निभल काठमाडौंको भृकुटीमण्डपमा वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
कार्निभलमा सहभागी ग्राहकहरूको पुरानो सवारीसाधनको मूल्याङ्कन २२ जना अनुभवी मूल्याङ्कनकर्तामार्फत गरिनेछ । साथै, नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले १ लाख रुपैयाँसम्म नगद छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त, ग्राहकहरूले स्थलमै सहज वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा सेवा शुल्कमा छुटजस्ता थप सुविधाहरू पनि प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार यस कार्निभलले ग्राहकहरूलाई आफ्नो पुरानो सवारीसाधनको उचित मूल्य प्राप्त गर्दै नयाँ बजाज मोटरसाइकल खरिद गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ ।
बजाज नेपालले ग्राहकहरूको आवश्यकता र चाहनालाई ध्यानमा राख्दै यस्ता आकर्षक योजना तथा अफरहरू निरन्तर ल्याउँदै आएको छ । कम्पनीले सबै इच्छुक ग्राहकहरूलाई भृकुटीमण्डपमा आयोजित यस विशेष कार्निभलमा सहभागी भई उपलब्ध सुविधाहरूको लाभ लिन अनुरोध गरेको छ ।