सुनको मूल्य १ हजार रुपैयाँले घट्यो

आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्यमा १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा १ हजार रुपैयाँले घटेसँगै आज सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

गत शुक्रबार भने एक तोला सुनको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम थियो । आज १० ग्राम सुनको मूल्य भने २ लाख ५६ हजार २६० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी २५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

Share News