धरानमा मेयर र उपमेयरबीच झडप

फाइल तस्बिर ।

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच मंगलबार झडप भएको छ ।

उपमहानगरपालिका कार्यालय बाहिर दुई पक्षबीच विवाद चर्किँदा झडपको अवस्था सिर्जना भएको हो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले टोली परिचालन गरेको थियो ।

प्रहरीका अनुसार सोमबार मेयर साम्पाङले उपमेयर बेघालाई कार्यकक्षमा बोलाएपछि बेघाको उपस्थितिपछि विवाद चर्किएको थियो । सो क्रममा साम्पाङका केही समर्थकले बेघासँग हातपातको प्रयास गरेका थिए ।

त्यसको प्रतिक्रियास्वरूप मंगलबार बेघाका समर्थकहरू उपमहानगर परिसरमै भेला भई साम्पाङ पक्षको विरोधमा उत्रिएका थिए ।

Share News