नेशनल ओपन स्काउट क्रुको आँखा शिविर सम्पन्न, ७५ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया

काठमाडौं । नेपाल स्काउट अन्तर्गतको नेसनल ओपन स्काउट क्रूले तीलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहकार्यमा आयोजना गरेको निःशुल्क मोतियाविन्दु शल्यक्रियासहितको आँखा शिविर भव्य रूपमा सम्पन्न भएको छ।

७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया वरिष्ठ नेत्ररोग विशेषज्ञ डा। सन्दुक रुइत नेतृत्वको टोलीले गरेको हो ।

शिविर बाल गीताञ्जली स्कूल, अल्पाइन एकेडेमी र त्रिकोण पब्लिक माध्यमिक विद्यालयको सहकार्यमा सफल भएको हो ।

शल्यक्रियाबाट सेवा पाएका धेरैजसो लाभग्राहीहरूले नेसनल ओपन स्काउट क्रू र तीनवटै विद्यालय अनि सम्पूर्ण स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद प्रकट गरेका छन् ।

उनीहरूले बिना अर्थिक भार आँखा उपचार पाउनु भाग्यको कुरा भन्दै आयोजक संस्थाप्रति कृतज्ञता व्यक्त गरे ।

तीलगंगाले शिविरमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सबै स्काउटहरू, शिक्षकहरू, अभिभावकहरू, विद्यालय परिवार, र तिलगंगा आँखा प्रतिष्ठानलाई विशेष धन्यवाद दिएको छ ।

Share News