काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन रवि खड्का शीर्षस्थानमा रहन सफल भएका छन्।
५-अन्डर ६७ को स्कोरमा रविले डिफेन्डिङ च्याम्पियन सुवाष तामाङलाई १ स्ट्रोकले पछि परेका छन् । सुवाष ४-अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे ।
३-अन्डर ६९ को नतिजामा दुई एमेच्योर निम दोर्जी तामाङ र राहुलविश्वकर्मा तथा प्रो गल्फरद्वय भुवन नगरकोटी र धन बहादुरथापाले संयुक्तरुपमा तेस्रो स्थान बाँडे ।
२-अन्डर ७० स्कोर गरेका निरज तामाङ र विष्णुप्रसाद शर्मा संयुक्त रूपमा सातौं स्थानमा छन् । १-अन्डर ७१ स्कोर गरेका दीपक मगर, राम कृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपलेनवौं स्थान बाँडे ।
पूर्व नम्बर एक गल्फर रविले छैटौंदेखि नवौं होलसम्मलगातार चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । यसपछि ब्याक नाइनमा उनले १२औं र १७औं होलमा एक-एक सट बचाए । १३औं होलको बर्डीले ब्याकनाइन १(अन्डर ३५ मा पूरा गर।
सुवाषले फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए । छैटौं होलमा बर्डी प्रहार गरेपनि पाँचौं र सातौं होलमा एक-एक सट खेर फाले । उनले ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन गरे । बोगीरहित ब्याक नाइन खेल्ने क्रममा १०औं, १२औं र १६औं होलमा बर्डी प्रहार गरे । ५-पारको १५औं होलमा इगलकोसफलता हात पारे ।
एमेच्योरतर्फ भुटानका निम दोर्जी र नेपालका राहुल संयुक्त रूपमा शीर्ष स्थानमा रहे। उनीहरूले ३-अन्डर ६९ कोस्कोरमा वाङ्चेनलाइ २ स्ट्रोकले पछि पारे ।
निमले तेस्रो र सातौं होलमा इगल प्रहार गरे । छैटौं होलमाएक सट बचाए । पहिलो र आठौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन ३-अन्डर ३३ मा पूरा गरे । यसपछि ११औं र १४औं होलमा बर्डी तथा १५औं र १८औं होलमा बोगी खेपे । ब्याक नाइन इभन-पार ३६ खेले ।
राहुलले फ्रन्ट नाइन १-अन्डर ३५ तथा ब्याक नाइन २-अन्डर ३४ मा सकाए । उनले कुल ५ बर्डी र दुई बोगी प्रहार गरे । वाङ्चेनले १-अन्डर ७१ स्कोर गरे । वाङ्चेनले सातौं होलमा चार सट खेर फाले। उनले ६ बर्डी प्रहार गर्दा एक बोगी खेपेका थिए ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशिको लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
विजेताले उपाधिसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेखेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् । साथै प्रतियोगितामा १८ जना एमेच्योर खेलाडीहरू पनि प्रतिस्पर्धा गरिरहेका छन् ।
चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो-एमप्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेट स्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।