बयानमा होइन, विज्ञानमा आधारित अनुसन्धान शुरु गर्नुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अब बयानमा आधारित नभइ विज्ञानमा आधारित अनुसन्धान शुरु गर्नुपर्ने बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले विज्ञानमा आधारित अनुसन्धान अघि बढाउँदा त्यसको उपयोग सही ढंगले गर्नुपर्ने बताए । मुद्दामा पनि नयाँनयाँ चुनौतिहरु देखिरहेको उल्लेख गर्दै त्यसअनुसार नै अघि बढ्न जरुरी रहेको बताए । अहिले विज्ञताको क्षेत्र पनि अलि बढ्दै गएको छ र फरक पनि हुँदै गएको बताए ।

साथै नयाँ चुनौतिहरु पपनि आइरहेकाले नयाँ चुनौति समाधान गर्नेगरी अनुसन्धान अघि बढाउन जरुरी रहेको बताए । पुरानै प्रक्रिया र पद्धतिले अब अनुसन्धान सम्भव नरहेको जानकारी दिए । 

गृहमन्त्री लेखकले भने, ‘अहिले विज्ञताको क्षेत्र पनि अलि बढ्दै गएको छ र फरक पनि हुँदै गएको छ । नयाँ नयाँ चुनौतिहरु आइरहेका छन् । नयाँ नयाँ चुनौति फेस गर्न पुरानै प्रक्रिया र पद्धतिले सम्भव छैन । अवसर त त्या हो विज्ञानकामार्फत अनुसन्धान गर्ने । हामीले आफूलाई त्योअनुसार तयार गर्न जरुरी छ ।’

गृहमन्त्री लेखकले फौजदारी न्याय वा मुद्दा स्म्बन्धी व्यवस्था पनि धेरै फराकिलो हुँदै गएको बताए । 
 

Share News