पुन: सर्‍यो संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला

काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारीविरुद्ध दायर रिट निवेदनमाथिको सुनवाइको फैसला  आगामी असार १८ गतेलाई सरेको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा। कुमार चुँडाल र डा. नहकुल सुवेदीका इजलासमा पदाधिकारीविरुद्धको रिट निवेदनमाथि सुनुवाइको  फैसला आज सुनाउने भनिएको थियो ।
 
सर्वोच्च अदालतका सहप्रवक्ता नीराजन पाण्डेले संवैधानिक आयोगका पदाधिकारी विरुद्धका निवेदनमा आज सुनाउने भनिएको फैसला आगामी असार १८ गतेका लागि सरेको जानकारी दिए । 

सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्त गरेको थियो ।

अध्यादेशमार्फत संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्नु गैरकानुनी भएको उल्लेख गर्दै १५  रिट निवेदन दर्ता भएको थियो । सोही निवेदनमाथिको सुनुवाइ यही जेठ १ गते सकिएको थियो ।

Share News