बदलाको भावनाले म माथि भ्रष्टाचारको मुद्दा दायर गरियो, चुनौतिको सामना गर्छु : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताएका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भुमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएको बताए । पार्टीको भुमिका देखेर आतंकित भएको बताउँदै पूर्वाग्रह राखेर मुद्दा चलाएको बताए । आफूले कसैसँग एक रुपैयाँ घुस लिएको भए एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्शान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताए । आफूमाथिको चुनौतिको सामना गर्ने जानकारी दिए । 

अध्यक्ष नेपालले भने, ‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भुमिका महत्वपूर्ण रहेको छ । हाम्रो पार्टीको भुमिकालाई देखेर कतिपय व्यक्तिहरु आत्तिएका छन् । माधव नेपालले कसैसँग एक रुपैयाँ घुस लिएको भए एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए,देश र जनतालाई नोक्शान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु । कोही मानिसहरु मैदान छोडेर चुनौति देखेपछि भाग्छन्, आत्तिन्छन्, हामीले मैदान छोड्ने होइन ।’

अध्यक्ष नेपालले असल उद्देश्यका गरिएको काममा आत्तिनुपर्ने आवश्यकता नरहेको जिकिर गरे । आफूबाट कुनै भ्रष्टाचारजन्य काम नभएको दाबी गरे । विचार र मन मिलेन भन्दैमा शत्रुता राख्न नहुने बताए । 

Share News