काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरूको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग बैठकमा अवरोध सिर्जना गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी गराए ।
ढिलो गरेर सुरु भएको सभाको बिहीवारको बैठकमा विपक्षी दलहरूले बैठकको कारबाही सुरु भएसँगै अवरोध गरेका हुन् ।
भिजिट भिसाको आवरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने, उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।
निरन्तरको संसद अवरोधका कारण आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानमाथिको छलफल प्रभावित भएको छ ।